NRN
काभ्रेको बनेपामा गाडी तेर्स्याएर सडक बन्‍द गरेपछि चालकहरूबीच कुटाकुट

काभ्रेको बनेपामा गाडी तेर्स्याएर सडक बन्‍द गरेपछि चालकहरूबीच कुटाकुट भएको छ । 

बुधबार बिहान बनेपाको बुडोलस्थित सडकमा अरनिको यातायातका चालक र हिमाल-तराई यातायातका चालकबीच कुटाकुट भएको हाे । मंगलबार काठमाडौं र ओखलढुंगामा दुई यातायातका कर्मचारीबीच विवाद भएको प्रहरीले जनाएको छ । 

त्यही कुरालाई लिएर बुधबार अरनिको यातायातको बागमती प्रदेश ०१-००६ ख ५५७१ नम्बरको गाडी सडकमा तेर्स्याएर अवरूद्ध गरिएको थियो । सडक अवरूद्ध गरेपछि ट्राफिक प्रहरीले चालकलाई नियन्त्रणमा लिने क्रममा त्यहाँ अरू दुई पक्षका चालकहरूबीच कुटाकुटको स्थिति बनेको हो । 

ती चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस विषयमा दुई पक्षबीच छलफल भइरहेको प्रहरीले जनाएको छ ।  अहिले सडक खुलिसकेको प्रहरीले बताएकाे छ ।

 

 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update