चाबहिलमा पुरुषले पेट्रोल छर्केर आफैँलाई लगाए आगो
चाबहिलमा एक पुरुषले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका छन् । काठमाडौँ महानगरपालिका–७ चाबहिल स्थित सरस्वती नगरमा एक पुरुषले पेट्रोल छर्केर आफैँलाई आगो लगाएका हुन् ।
आगो निभाउने क्रममा एकै परिवारका ४ सदस्य पनि घाइते भएका छन् । घरायसी विषयमा श्रीमतीसँग विवाद भएपछि श्रीमानले मंगलबार राति पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका थिए । प्रहरीकाअनुसार श्रीमानले शरीरमा आगो लगाएपछि निभाउन गएकी श्रीमती र तीन छोरी पनि घाइते भएको हुन् ।
घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते पाँचै जनाको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१ १३:३४
प्रतिक्रिया दिनुहोस्