NRN
मोदीको शपथमा सहभागी हुन भारत जाने प्रचण्डको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले भाजपा नेता नरेन्द्र मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाने तयारी गरेका छन् ।

मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएकाले शनिबार हुने शपथ ग्रहण समारोहमा प्रधानमन्त्री 'प्रचण्ड' पनि सहभागी हुने भएका हुन् ।

लोक सभा निर्वाचनमा भाजपा गठबन्धनले बहुमत हासिल गरेपछि प्रधानमन्त्री प्रचण्डले फोन गरेर मोदीलाई बधाई दिएका थिए । त्यही टेलिफोन कुराकानीको क्रममा मोदीले प्रचण्डलाई शपथ समारोहमा आउन निम्तो दिएका थिए ।

कुराकानी लगत्तै मोदीले सामाजिक सन्जाल एक्समार्फत् प्रधानमन्त्री प्रचण्डप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

यो पटक शपथ ग्रहण समारोहमा मोदीले अफगानिस्तान तथा पाकिस्तानबाहेकका सार्क देशलाई मात्र बोलाएका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update