NRN
नेकपा (एमाले) सुनसरी जिल्ला कमिटी अध्यक्ष निलम खनालको निधन

नेकपा (एमाले) सुनसरी जिल्ला कमिटी अध्यक्ष निलम खनालको निधन भएको छ । उपचारका लागि भारतको हैदरावाद जाने क्रममा बुधबार राति खनालको निधन भएको हो ।

अध्यक्ष खनाल लामो समयदेखि पेटसम्बन्धी बिरामी थिए ।

खनाल जेठको पहिलो साता सम्पन्न भएको एमालेको जिल्ला अधिवेशनबाट अध्यक्षमा ३८७ मत ल्याएर निर्वाचित भएका थिए ।

शपथ ग्रहणपछि उनी फलोअपका लागि भारत गएका थिए । उनलाई उपचार गराउन साथमा परिवारका सदस्यहरू श्रीमती, दाजु र भाउजू पनि गएका थिए ।

खनाल बराहक्षेत्र नगरपालिकाका पूर्वमेयरसमेत हुन् ।

 

उनको शव नेपाल ल्याउने तयारी भइरहेको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update