प्रधानन्यायाधीश श्रेष्ठ बंगलादेशको राजधानी ढाका प्रस्थान
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ बंगलादेशको राजधानी ढाका प्रस्थान गरेका छन् ।
बंगलादेशका प्रधानन्यायाधीश अब्दुल हसानको मैत्रीपूर्ण निमन्त्रणामा ‘न्यायालयको अन्तर्राष्ट्रिय सम्मेलन’ मा भाग लिन श्रेष्ठ बिहीबार ढाका प्रस्थान गरेका हुन् ।
प्रधानन्यायाधीशको भ्रमण दलमा उनकी पत्नी रोशनी अमात्य श्रेष्ठ र सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडल सहभागी छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१ १४:१९
प्रतिक्रिया दिनुहोस्