दाङको तुलसीपुरमा नेपाली सेनाका अमलदारले श्रीमतीको हत्या गरेका छन् ।
तुलसीपुर उपहानगरपालिका वडा ६ राप्ती टोलस्थित गोकर्ण चन्दको घरमा डेरा गरी बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले श्रीमती २७ वर्षीया टीकाको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।
खुकुरी प्रहारबाट घाइते भएकी टिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । श्रीमतीका साथमा फेला परेका नेपाली सेनाका जवान आर्यन थापालाई समेत बुढाथोकीलाई खुकुरी प्रहार गरेका थिए । गर्धन र टाउकोमा गम्भिर चोट लागेका थापाको उपचार भइरहेको छ ।
सल्यानको कपुरकोट घर भएका शालिकराम ज्वालादल गण बारामा कार्यरत थिए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार शुक्रबार बिहान ८ः५० बजेतिर शालिकरामले श्रीमतीको हत्या गरेका हुन् । श्रीमतीको हत्या गरी बुढाथोकी फरार भएका थिए । उनलाई केहीबेरमै तुलसीपुरबाटै पक्राउ गरिएको थियो ।शालिकरामलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।