NRN
आईसीसी टी–२० विश्वकप : शुक्रबार क्यानडा र आयरल्यान्ड भिड्दै

आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा शुक्रबार क्यानडा र आयरल्यान्ड भिड्दै छन् । खेल अमेरिकाको न्यु योर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय रङ्गशालामा राति २०ः१५ बजे सुरु हुनेछ ।

आयरल्यान्ड र क्यानडा रहेकाे समूह ‘ए’ मा अमेरिका, भारत र पाकिस्तान पनि छन् । उक्त समूहमा खेल्न लागिएको यो चौथो खेल हो ।

दुई खेल खेलेको अमेरिका चार अङ्कसहित तालिकाको पहिलो स्थानमा छ ।

अन्य चार टोलीले भने एक–एक खेल खेलेका छन् । दुई अङ्कसहित भारत दोस्रो स्थानमा छ । अन्य तीन टोलीले भने खाता खोल्न सकेका छैनन् ।

टी–२० विश्वकपमा आयरल्यान्डको यो आठौँ सहभागिता हो भने क्यानडाको यो पहिलो सहभागिता हो ।

क्यानडाको टोलीमा साद बिन जाफर (कप्तान), एरोन जोन्सन, नवनित धालिवाल, परगत सिंह, निकोलस किर्तन, श्रेयस मोभा (विकेटकिपर), दिलप्रित सिंह, निखिल दत्त, डिल्लन हेलिगर, कलिम साना र जेरेमी गोर्डन रहेका छन् ।

आयरल्यान्डको टोलीमा पल स्टर्लिङ (कप्तान), एन्ड्र्यू बलबिर्नी, लोर्कन टस्कर (विकेटकिपर), ह्यारी टेक्टर, कर्टिस क्याम्फर, जर्ज डकरेल, गारेथ डेलानी, मार्क एडिर, बेरी म्याककार्थी, जोसुआ लिटल र बेन्जामिन ह्वाइट रहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update