नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ । साताकाे पहिलाे दिन अर्थात् आइतबार नेपाली बजारमा अमेरिकी डलरकाे मूल्य घटेकाे छ भने बेलायती पाउण्ड स्टर्लिङकाे मूल्य बटेकाे छ ।
शुक्रबार एकको खरिदद १३३ रूपैयाँ २६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८६ पैसा कायम गरिएको अमेरिकी डलर आज एकको खरिददर १३३ रूपैयाँ १० पैसा र बिक्रीदर १३३ रूपैयाँ ७० पैसामा काराेबार भइरहेकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १६ पैसा घटेको हो ।
यस्तै, शुक्रबार एकको खरिददर १७० रूपैयाँ २१ पैसा र बिक्रीदर १७० रूपैयाँ ९८ पैसा कायम गरिएको पाउण्ड आज एकको खरिदमा १७० रूपैयाँ ३१ पैसा र बिक्रीदर १७१ रूपैयाँ ०८ पैसा तोकिएको छ ।
त्यसैगरी, युरोपियन युरो एकको खरिददर आज १४४ रूपैयाँ ९९ पैसा र बिक्रीदर १४५ रूपैयाँ ६४ पैसा तोकिएको छ ।यो मूल्य अघिल्लो दिनको तुलनामा १६ पैसा बढेको हो ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८८ रूपैयाँ ६८ पैसा र बिक्रीमा ८९ रूपैयाँ ०८ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ २८ पैसा र बिक्रीमा ९७ रूपैयाँ ७२ पैसा पाइन्छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६५ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५० पैसा र बिक्रीमा ३६ रूपैयाँ ६७ पैसा पाइन्छ ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४० पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ ३७ पैसा र बिक्रीमा २८ रूपैयाँ ५० पैसा पाइन्छ ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ १० पैसा र बिक्रीदर ३५४ रूपैयाँ ६९ पैसा तोकिएको छ । आइतबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ५७ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ५३ पैसा पाइन्छ ।