NRN
आईसीसी टी–२० विश्वकप क्रिकेट :  आज भारत र पाकिस्तानबिच भिडन्त हुँदै

आईसीसी टी–२० विश्वकप क्रिकेटमा आइतबार अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र पाकिस्तानबिच भिडन्त हुँदैछ । खेल अमेरिकाको न्यु योर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय स्टेडियममा राति २०ः१५ बजे सुरु हुनेछ ।

भारत र पाकिस्तान प्रतियोगिताको समूह ‘ए’ मा छन् ।उक्त समूहमा आयोजक अमेरिका, क्यानडा र आयरल्यान्ड पनि रहेका छन् । जारी विश्वकपमा भारत र पाकिस्तान दुवैले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । आफ्नो पहिलो खेलमा भारत विजयी भएको छ भने पाकिस्तानले हार बेहोरेको छ ।

समूह ‘ए’ तालिकामा दुई खेल खेलेको अमेरिका चार अङ्कसहित पहिलो स्थानमा आसीन छ । एक खेल खेलेको भारत दुई अङ्कसहित दोस्रो र दुई खेल खेलेको क्यानडा दुई अङ्कसहित तेस्रो स्थानमा छन् । चौथो स्थानमा आसीन पाकिस्तान र पाँचौँ स्थानमा आसीन आयरल्यान्डले खाता खोल्न सकेका छैनन् ।

सम्भावित भारतीय टोली : रोहित शर्मा (कप्तान), विराट कोहली, ऋषभ पन्त (विकेटकिपर), सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, शिवम दुबे, रविन्द्र जडेजा, जसप्रित बुमराह, अर्शदीप सिंह, मोहम्मद सिराज र कुलदीप यादव ।

सम्भावित पाकिस्तानी टोली : बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), उस्मान खान, फाखर जमान, शादाब खान, इफ्तिखार अहमद, इमाद वसिम, साहिन शाह अफ्रिदी, नसिम शाह, मोहम्मद आमिर र ह्यारिस रउफ । 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update