नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य स्थिर
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार एकैदिन प्रतितोला चार हजार रूपैयाँ घटेको सुनको मूल्य यसदिन स्थिर रहेको हो ।
महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार सुन आज पनि साेहि मूल्यमा काराेबार भइरहेकाे छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ ।
आइतबार प्रतितोला १८ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा काराेबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २२ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१ ११:२६
प्रतिक्रिया दिनुहोस्