NRN
साेमबार नेपाली बजारमा अमेरिकी डलरको मूल्य स्थिर रहँदा घट्याे युरोपियन युरोको मूल्य

नेपाल राष्ट्र बैंकले सोमबारकाे लागि विदेशि मुद्राकाे विनिमय दर निर्धारण गरेकाे छ । निर्धारण गरेकाे मूल्य अनुसार नेपाली बजारमा आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने युरोपियन युरोको मूल्य घटेको छ ।

राष्ट्र बैंकका अनुसार आइतबार एकको खरिददर १३३ रूपैयाँ १० पैसा र बिक्रीदर १३३ रूपैयाँ ७० पैसामा कारोबार भएको अमेरिकी डलर सोमबार पनि सोही मूल्यमा काराेबार भइरहेको छ ।

त्यस्तै, आइतबार एकको खरिददर १४४ रूपैयाँ ९९ पैसा र बिक्रीदर १४५ रूपैयाँ ६४ पैसा कायम गरिएको युरोपियन युरोको आज एकको खरिददर १४३ रूपैयाँ ७७ पैसा र बिक्रीदर १४४ रूपैयाँ ४२ पैसामा काराेबार भइरहेकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ रूपैयाँ २२ पैसा घटेको हो ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ६२ पैसा र बिक्रीमा ८८ रूपैयाँ ०१ पैसा तोकिएको छ भने सोमबार क्यानेडियन डलर एकको खरिदमा ९६ रूपैयाँ ६९ पैसा र बिक्रीमा ९७ रूपैयाँ १३ पैसा पाइन्छ ।

पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६९ रूपैयाँ ३४ पैसा र बिक्रीमा १७० रूपैयाँ १० पैसा पाइन्छ ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४० पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा सोमबार २८ रूपैयाँ ३७ पैसा र बिक्रीमा २८ रूपैयाँ ५० पैसा पाइन्छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६५ पैसा तोकेको छ भने  कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५० पैसा र बिक्रीमा ३६ रूपैयाँ ६७ पैसा पाइन्छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ १० पैसा र बिक्रीदर ३५४ रूपैयाँ ६९ पैसा तोकिएको छ भने सोमबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ०२ पैसा र बिक्रीमा ४३५ रूपैयाँ ९७ पैसा पाइन्छ । 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update