NRN
सन्दीपले वेस्ट इन्डिजमा हुने विश्वकपका खेल खेल्ने

जारी आईसीसी पुरुष टी-२० विश्वकपमा सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरूमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने भएका छन् । सोमाबार एक विज्ञप्तिमार्फत नेपाल क्रिकेट संघ (क्यान) ले यसको जानकारी दिएको हो ।

सन्दीप लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको आधिकारिक टोलीमा रहेको क्यानको भनाई छ । उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने क्यानले जानकारी गराएको छ । 

 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update