NRN
विश्वकप छनोट फुटबल : नेपाल आज यमनसँग भिड्दै

फिफा विश्वकप फुटबल–२०२६ को छनोट खेलमा नेपाल आज यमनसँग भिड्दै छ । खेल साउदी अरबमा नेपाली समय अनुसार, राति २३ः४५ बजे सुरु हुनेछ । 

नेपालले घरेलु मैदानमा खेल्नु पर्ने खेल पनि ‘न्यूट्रल भेन्यू’ मा खेल्न लागेको हो । एसियाली क्षेत्रको दोस्रो चरणको विश्वकप छनोटमा नेपाल समूह ‘एच’ मा रहेको छ ।

समूह ‘एच’ मा रहेका चारवटै राष्ट्रले पाँच–पाँच खेल खेलिसकेका छन् । पाँचवटै खेलमा विजयी भएको यूएई १५ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । १० अंकसहित बहराइन दोस्रो स्थानमा रहेको छ । 

यूएई र बहराइन विश्वकप छनोटको तेस्रो चरणमा पुगिसकेका छन् । चार अंकसहित यमन तालिकाको तेस्रो स्थानमा आसिन छ । नेपालले भने पाँचवटै खेलमा हार भोगेको छ । हालसम्म खेलिएको पाँच खेलमा नेपाली टोलीले एक गोल पनि गर्न सकेको छैन ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update