NRN
बढ्याे मंगलबार अमेरिकी डलरसँगै क्यानेडियन डलर र पाउण्डको मूल्य

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशि मुद्राकाे विनिमय दर निर्धारण गरेकाे छ । निर्धारण गरेकाे मूल्य अनुसार मंगलबार अमेरिकी डलरसँग क्यानेडियन डलर र पाउण्डको मूल्य बढेको छ ।

राष्ट्र बैंकका अनुसार सोमबार एकको खरिददर १३३ रूपैयाँ १० पैसा र बिक्रीदर १३३ रूपैयाँ ७० पैसा कायम अमेरिकी डलर आज एकको खरिददर १३३ रूपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९२ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २२ पैसा बढेको हो ।

त्यस्तै, सोमबार एकको खरिददर १६९ रूपैयाँ ३४ पैसा र बिक्रीमा १७० रूपैयाँ १० पैसा तोकिएको पाउण्ड स्टर्लिङ एकको खरिदमा १६९ रूपैयाँ ४२ पैसा र बिक्रीमा १७० रूपैयाँ १९ पैसा पाइन्छ । 

त्यसैगरी, क्यानेडियन डलर एकको खरिददर आज ९६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ९७ रूपैयाँ २६ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १३ पैसा बढेको हो ।

आज युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ २७ पैसा र बिक्रीमा १४३ रूपैयाँ ९१ पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रूपैयाँ ८८ पैसा र बिक्रीमा ८८ रूपैयाँ २७ पैसा पाइन्छ ।

त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५५ पैसा र बिक्रीमा ३५ रूपैयाँ ७१ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७३ पैसा पाइन्छ । 

मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ २४ पैसा र बिक्रीमा २८ रूपैयाँ ३७ पैसा पाइन्छ ।युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३० पैसा र बिक्रीमा ३६ रूपैयाँ ४६ पैसा पाइन्छ । 

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३५५ रूपैयाँ २७ पैसा तोकिएको छ भने कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ५५ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ५१ पैसा पाइन्छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update