गण्डकी प्रदेशमा नवनियुक्त मन्त्री फणीन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे) ले शपथ लिएका छन् ।
पाण्डेले माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका दीपक मनाङे (राजीव गुरुङ)ले मंगलबार प्रदेश प्रमुख डिल्लीराज भट्टबाट शपथ लिएका हुन् ।
जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी देवकोटा र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी मनाङेलाई दिइएको छ । मनाङे यो सहित छैटौं पटक मन्त्री बनेका हुन् ।
माओवादीले विश्वासको मत नदिन गरेको ह्वीपविपरीत उनी मुख्यमन्त्री पाण्डेको पक्षमा उभिएका थिए । फणीन्द्रमाथि हिजैदेखि कारबाही प्रक्रिया थालिएको माओवादीले बताएको छ ।
पछिल्लो विस्तारसँगै गण्डकीको मन्त्रिपरिषद् पाँच सदस्यीय भएको छ ।