NRN
आईसीसी टी–२० विश्वकप : पाकिस्तान र क्यानडाबिच खेल हुँदै

आईसीसी टी–२० विश्वकपमा मंगलबार पाकिस्तान र क्यानडाबिच खेल हुँदैछ । खेल अमेरिकाको न्युयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा राति ८ : १५ बजे सुरु हुनेछ ।

पाकिस्तान र क्यानडा रहेकाे समूह ‘ए’ मा भारत, आयोजक अमेरिका र आयरल्यान्ड पनि छन् । समूह ‘ए’ अन्तर्गत खेल्न लागिएको यो छैटौँ खेल हो । यो समूहको पहिलो खेलमा अमेरिकाले क्यानडालाई सात विकेटले हराएको थियो ।

समूहको दोस्रो खेलमा भारतले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा अमेरिकाले पाकिस्तानलाई ‘सुपर ओभर’मा पराजित गरेको थियो । चौथो खेलमा भने क्यानडाले आयरल्यान्डलाई १२ रनले हराएको थियो । पाँचौँ खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको थियो । 

समूह ‘ए’ मा रहेका पाँचवटै टोलीले दुई–दुई खेल खेलिसकेका छन् । चार अंकसहित भारत पहिलो र समान अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा छन् । दुई अङ्क बटुलेको क्यानडा तेस्रो स्थानमा छ । पाकिस्तान र आयरल्यान्डले भने खाता खोल्न सकेका छैनन् ।

टी–२० विश्वकपमा पाकिस्तानी टोलीको यो नवौँ सहभागिता हो भने क्यानडाको यो नै पहिलो सहभागिता हो ।

पाकिस्तानको सम्भावित टोलीमा बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), उस्मान खान, फखर जमान, सादाब खान, इफ्तिखार अहमद, इमाद वसिम, साहिन शाह अफ्रिदी, ह्यारिस राउफ, नसिम शाह र मोहम्मद आमिर रहेका छन् ।

यसैगरी क्यानडाको सम्भावित टोलीमा साद बिन जाफर (कप्तान), एरोन जोन्सन, नवनित धालिवाल, परगत सिंह, निकोलस किर्तन, श्रेयस मोवा (विकेटकिपर), दिलप्रित बाजवा, जुनैद सिद्धकी, डिलोन हेलिगर, कलिम साना र जेरेमी गोर्डन रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update