NRN
टी–२० विश्वकपमा : आज भारतले अमेरिकाको सामना गर्ने

आईसीसी टी–२० विश्वकपमा बुधबार राति पूर्वविजेता भारतले पहिलो पटक विश्वकप खेलिरहेको अमेरिकाको सामना गर्दैछ । खेल अमेरिकाको न्यु योर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार, राति २०ः१५ बजे सुरु हुनेछ ।

भारत र अमेरिका रहेको समूह ‘ए’ मा पाकिस्तान, क्यानडा र आयरल्यान्ड रहेका छन् । यो समूहमा हालसम्म ६ खेल खेलिसकिएको छ ।

दुई खेल खेलेको भारत चार अङ्कसहित पहिलो र समान खेलबाट समान अङ्क बटुलेको आयोजक अमेरिका दोस्रो स्थानमा छन् । तीन खेलबाट दुई अङ्क जोडेको पाकिस्तान तेस्रो र समान खेलबाट समान अङ्क हात पारेको क्यानडा चौथो स्थानमा छन् । दुई खेल खेलेको आयरल्यान्डले भने अङ्क बटुल्न सकेको छैन ।

टी–२० विश्वकपमा भारतको यो नवौँ सहभागिता हो भने अमेरिकाको यो पहिलो सहभागिता हो ।

भारतीय टोलीमा रोहित शर्मा (कप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, शिवम दुबे, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, कुलदीप यादव, जसप्रित बुमराह, अर्शदीप सिंह, संजु सामसन, अक्षर पटेल, युजवेन्द्र चहल र मोहम्मद सिराज रहेका छन् ।

यसैगरी, अमेरिकी टोलीमा मोनांक पटेल (कप्तान), एरोन जोन्स, एन्ड्रियस गौस, कोरी एन्डर्सन, अली खान, हरमित सिंह, जसप्रित सिंह, मिलिन्द कुमार, निसर्ग पटेल, नितिश कुमार, नास्थुस केनजिगे, सौरभ नेत्रवाल्कर, शेड्ली वान, स्टिवन टेलर र शयन जहांगिर रहेका छन् । 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update