NRN
बुधबार हालसम्मकै उच्च बिन्दुमा अमेरिकी डलरको मूल्य, अन्य मूद्रा कतिमा हुँदैछ काराेबार ?

नेपाल राष्ट्र बैंकले बुधबारकाे विदेशि मुद्राकाे विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको दर अनुसार अमेरिकी डलरको मूल्य बढ्ने क्रममा रहेको छ । बुधबार डलर हालसम्मकै महँगो भएको छ ।

मंगलबार एकको खरिददर १३३ रूपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९२ पैसा कायम गरिएको अमेरिकी डलरको बुधबार एक खरिददर १३३ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रूपैयाँ ०१ पैसामा काराेबार भइरहेकाे छ । अघिललाे दिनकाे तुलनामा यो मूल्य ४ पैसा बढी हो ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ९७ पैसा र बिक्रीमा ८८ रूपैयाँ ३७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ ८२ पैसा र बिक्रीमा ९७ रूपैयाँ २५ पैसा पाइन्छ ।

राष्ट्र बैंक अनुसार बुधबार युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ १९ पैसा र बिक्रीमा १४३ रूपैयाँ ८३ पैसा तोकिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रूपैयाँ ९६ पैसा र बिक्रीदर १७० रूपैयाँ ७३ पैसा पाइन्छ ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४८ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रूपैयाँ २७ पैसा र बिक्रीमा २८ रूपैयाँ ३९ पैसा पाइन्छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५७ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७३ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७५ पैसा पाइन्छ । 

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ८९ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ४८ पैसा तोकिएको छ भने बुधबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ९३ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ८८ पैसा पाइन्छ । 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update