NRN
नेकपा एमालेका सांसद आचार्यले क्यानका पदाधिकारीले गरेका गलत काम कारबाहीहरूको छानबिन गर्न माग

नेकपा एमालेका सांसद भीम आचार्यले टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका सवालमा क्यानका पदाधिकारीले गरेका गलत काम कारबाहीहरूको छानबिन गर्न माग गरेका छन् । 

बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले नेता आचार्यले साे माग गरेका हुन् ।

उनले नेपाली खेलाडीको टोलीमा सन्दीप लामिछानेलाई १५ जनाको टिममा सहभागी नगराएर भिसा पाउनबाट वञ्चित गराएको तथा सपोर्टिङ १० जनाको टोलीमा डाक्टर पठाउनुपर्नेमा एक जना महिलालाई राख्दा आइसीसीले अस्वीकारका साथै उनले होटलमा खेलाडीलाई उभ्याएको, जर्सी अमेरिका लगेर महँगोमा बेचेको गुनासो आएको तथा अमेरिकामा बस्ने नेपालीहरूले अवैध रूपमा चन्दा उठाएर क्यानको खातामा नराखेको लगायतका अनियमितताका गुनासाहरू व्यापक आएको बताए । 

उनले ८० डलर पर्ने टिकट १३५ रुपैयाँमा क्यान नेतृत्वले बेचेको भन्दै क्यान नेतृत्वले आर्थिक अपचलन गरेको, नेपाललाई जिताउन नभई हराउन भूमिका खेलेको र खेलाडीको शिर निहुराउने काम गरेको भनेर खेलाडीबाटै गुनासो आएको पनि बताए । 

उनले विश्वकपमा नेपाललाई हराउन भइरहेको षडयन्त्रलगायतका गलत क्रियाकलापको छानबिन गर्न निष्पक्ष छानबिन आयोग गठन गरेर छानबिन गरेर कारबाही गर्नुपर्ने भन्दै संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update