NRN
शुक्रबार नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा यस दिन प्रतितोला चार सय रूपैयाँ घटेको हो ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार प्रतितोला १८ सय १० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १८ सय रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ०७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update