NRN
आईसीसी टी–२० विश्वकप क्रिकेट : शुक्रबार अमेरिकाले आयरल्यान्डको सामना गर्दै

आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा शुक्रबार अमेरिकाले आयरल्यान्डको सामना गर्दैछ । खेल अमेरिकाको फ्लोरिडास्थित सेन्टरल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा हुने आजको खेल राति ८ः१५ बजेबाट सुरु हुनेछ ।

अमेरिका र आयरल्यान्ड रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान र क्यानडा पनि रहेका छन् । त्यस समूहमा  आयरल्यान्ड बाहेक अन्य चार टोलीले तीन–तीन खेल खेलिसकेका छन् । आयरल्यान्डले भने दुई खेल मात्र खेलेको छ ।

भारत ६ अङ्कसहित तालिकाको पहिलो स्थानमा छ । तीन खेलबाट चार अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा छ । यसैगरी, तीन खेलबाट दुई अङ्क बटुलेको पाकिस्तान तेस्रो र तीन खेलबाटै दुई अङ्क जोडेको क्यानडा चौथो स्थानमा छन् । आयरल्यान्डले भने दुई वटै खेलमा पराजित भएको छ । 

अमेरिकाको भने टी–२० विश्वकपमा यो पहिलो सहभागिता हो । यसपटक अमेरिकाले आयोजकका रूपमा विश्वकप खेलेको हो ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update