NRN
आईसीसी टी–२० विश्वकप : दक्षिण अफ्रिकासँग १ रनले हार्‍यो नेपाल

आइसिसी टी-२० विश्वकपको अन्तिम आठमा प्रवेश गर्ने सम्भावना कायमै राख्नका लागि दक्षिण अफ्रिकाविरूद्ध जित्नै पर्ने खेलमा नेपाल १ रनले पराजित भएको छ । शनिबार बिहान वेस्ट इन्डिजमा भएको समूह डीको खेलमा टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग १ रनले हारेसँगै नेपाल विश्वकपमा सुपर ८ को दौडबाट बाहिरिएको हो । 

११६ रनको लक्ष्य पछ्याएको नेपाललाई अन्तिम बलमा जितका लागि २ रन र सुपर ओभरमा पुग्नका लागि १ रन आवश्यक रहेकोमा १४ रन मात्र बनाएपछि एक रनले हारेको हो ।

नेपालका लागि ओपनर असिफ शाहले सर्बाधिक ४२ रन बनाए भने अनिल शाहले जिम्मेवारी पूर्ण ब्याटिंग गर्दै २४ बलमा २७ रन बनाएका थिए । कुशल भुर्तेलले १३ रन बनाएका थिए भने कप्तान रोहित पौडेल शुन्यमा आउट भएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ६ रन बनाएका थिए ।

त्यस्तै, दक्षिण अफ्रिकाका बलर तबरेज शाम्शीले ४ तथा कप्तान एडेन मार्क्रम र एनरिक नोकियाले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि रीजा हेनड्रिक्सले सर्बाधिक ४३ रन बनाएका थिए भने कप्तान एडेन मार्क्रमले १५, ट्रीस्टान स्टबसले अविजित २७, क्वेंटन डिककले १० रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर दिपेन्द्र सिंह एरीले शानदार बलिङ गर्दै ३ विकेट लिएका थिए । दिपेन्द्रले ४ ओभरमा २१ रन दिएर ४ विकेट लिएका हुन् । त्यस्तै कुशल भुर्तेलले पनि शानदार बलिङ गर्दै ३ विकेट लिएका थिए । उनले ४ ओभरमा १९ रन दिएर ४ विकेट लिएका थिए ।

अब नेपालले अर्को खेल आगामी सोमबार बिहान बंगलादेशविरुद्ध खेल्दै छ । 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update