काठमाडौं महानगरपालिको १५ औं नगरसभाको दोस्रोे बैठक असार १० गते सम्मका लागि स्थगित
काठमाडौं महानगरपालिको १५ औं नगरसभाको दोस्रोे बैठक असार १० गते सम्मका लागि स्थगित भएको छ ।
काठमाडौं महानगरपालिको १५ औं नगरसभाको दोस्रोे बैठक असार १० गते सम्मका लागि स्थगित भएको छ ।कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेपछि नगरसभाको बैठक असार १० गते ११ बजे बस्नेगरी बैठक स्थगित भएकाे हो ।
मेयर साहले आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए ।
लगतै कांग्रेस र एमालेका वडाध्यक्षहरुले नगरसभाको बैठक बहिस्कार गरेर सभाहलबाट उठेर गएका थिए । कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेपछि नगरसभाको बैठक स्थगित भएको हो ।
उक्त कुराको जानकारी मेयर बालेन साहले दिएका हुन् ।
नयाँ सडकलाई नो भेकल जोन बनाउने काठमाडौं महानगरपालिकाका मेयरको प्रस्तावलाई आज बस्ने नगर सभामा पारित गर्ने तयारी गरेका थिए ।
प्रकाशित मिति: आइतबार, असार २, २०८१ ११:३१
प्रतिक्रिया दिनुहोस्