NRN
आइतबार अमेरिकी डलरको मूल्य बढ्दा घट्यो युरो र पाउण्डको मूल्य

नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको दर अनुसार आइतबार अमेरिकी डलरको मूल्य बढेको छ भने युरो र पाउण्डको मूल्य घटेको छ ।

शुक्रबार एकको खरिदद १३३ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९८ पैसा कायम गरिएको अमेरिकी डलर आज एकको खरिददर १३३ रूपैयाँ ४० पैसा र बिक्रीदर १३४ रूपैयाँमा पाइन्छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २ पैसा बढेको हो।

त्यस्तै, शुक्रबार एकको खरिददर १७० रूपैयाँ ३७ पैसा र बिक्रीदर १७१ रूपैयाँ १४ पैसा कायम गरिएको बेलायती पाउण्ड स्टर्लिङ आज पाउण्ड एकको खरिदमा १६९ रूपैयाँ ५१ पैसा र बिक्रीदर १७० रूपैयाँ २७ पैसा तोकिएको छ ।पाउण्ड अघिल्लो दिनको तुलनामा घटेको छ।

त्यसैगरी, युरोपियन युरो भने एकको खरिददर आज १४२ रूपैयाँ ७६ पैसा र बिक्रीदर १४३ रूपैयाँ ४० पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ रूपैयाँ १९ पैसा घटेको हो ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रूपैयाँ २८ पैसा र बिक्रीमा ८८ रूपैयाँ ६७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ र बिक्रीमा ९७ रूपैयाँ ४३ पैसा पाइन्छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७२ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७५ पैसा पाइन्छ ।

मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ २७ पैसा र बिक्रीमा २८ रूपैयाँ ३९ पैसा पाइन्छ । युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४८ पैसा पाइन्छ । 

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ९१ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ५० पैसा तोकिएको छ भने आइतबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ९२ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ८८ पैसा पाइन्छ ।

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update