NRN
आईसीसी टी–२० विश्वकप : आज उपाधि होडबाट बाहिरिइसकेका दुई टोली पाकिस्तान र आयरल्यान्डबिच भिडन्त हुँदै

आईसीसी टी–२० विश्वकपको उपाधि होडबाट बाहिरिइसकेका दुई टोली पाकिस्तान र आयरल्यान्डबिच आइतबार भिडन्त हुँदैछ ।

उक्त खेल नेपाली समयअनुसार, राति २०ः१५ बजे अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड पार्कमा सुरु हुनेछ ।

पाकिस्तान र आयरल्यान्ड रहेको समूह ‘ए’ मा भारत, आयोजक अमेरिका र क्यानडा रहेका छन् । त्यो समूहबाट सात अङ्कसहित भारत पहिलो र पाँच अङ्कसहित अमेरिका दोस्रो हुँदै ‘सुपर–८’ चरणमा पुगिसकेका छन् ।

अन्य टोली भने उपाधि होडबाट बाहिरिएका छन् । तालिकामा क्यानडा तीन अङ्कसहित तेस्रो र पाकिस्तान दुई अङ्कसहित चौथो स्थानमा छन् । आयरल्यान्ड एक अङ्कसहित तालिकाको पाँचौँ स्थानमा आसीन छ ।

पाकिस्तान र आयरल्यान्डबिचको खेलसँगै समूह ‘ए’ को सबै खेल सकिने छ । टी–२० विश्वकपमा पाकिस्तानको यो नवौँ सहभागिता हो भने आयरल्यान्डको यो आठौँ सहभागिता हो ।

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update