NRN
पाल्पा जिल्लाको निस्दी गाउँपालिका जीप दुर्घटना हुँदा ९ जना घाइते

पाल्पा जिल्लाको निस्दी गाउँपालिका जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । निस्दी गाउँपालिका–४, स्थित झ्याङ्लिङ् सडक खण्डमा बिहान सवा ४ बजेतिर जीप दुर्घटनामा परेको हो ।

होराइजन डेन्टल अस्पताल रामपुर पाल्पाबाट मित्यालको भिरपानीमा डेन्टलसम्बन्धी शिविरमा गई फर्कने क्रममा रामपुरतर्फ जाँदै गरेको बा १५ च ५९४ नम्बरको स्कर्पियो जिप आफैँ अनियन्त्रित दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते हुने सबै पाल्पाको रामपुर नगरपालिकाका बासिन्दा हुन् । घाइते सबैको रामपुर अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

रामपुर अस्पतालले थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरेको प्रहरीले जनाएको छ ।घाइतेमध्ये पाँचजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।  

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update