NRN
आइसिसी टी-२० विश्वकप समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित

आइसिसी टी-२० विश्वकपमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ । सुरुवाती तीन खेलमा जित निकाल्न नकसेपछि नेपाल सुपर-८ मा पुग्न असफल भएको छ । जितसँगै बंगलादेश सुपर आठमा पुगेको छ ।

समूह चरणको अन्तिम खेलमा जितका लागि १०७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ बलमा अल आउट हुँदा ८५ रन मात्रै बनाउन सक्यो । 

नेपालका कुशल मल्ले ४० बलमा सर्वाधिक २७ रन जोडे । १७ औँ ओभरमा आउट हुनअघि उनले १ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्र सिंह ऐरीले ३१ बलमा २५ रन को योगदान दिए । उनले २ चौका र १ छक्का हिर्काए । ओपनर आसिफ शेखले १४ बलमा १७ रन बनाए । उनले चार चौका प्रहार गरे । किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा अलआउट हुनुअघि एक सय ६ रन बनाएको थियो ।

बंगलादेशका लागि तान्जिम हसन शाकिबले सर्वाधिक ४ विकेट लिए। मुस्ताफिजुर रहमानले ३, शाकिब अल हसनले २ तथा तास्किन अहमदले १ विकेट लिए ।

नेपालले बंगलादेशलाई १९.३ ओभरमा अल आउट गरी १०६ रनमा समेटेको थियो ।

नेपालको घातक बलिङमा बंगलादेशका ओपनर तान्जिड हसन शून्यमा, लिटन दास १० रनमा, कप्तान नजमुल हुसेन शान्तो ४ रनमा, शाकिब अल हसन १७ रनमा, टोहिड हृदोय ९ रनमा, महमुदउल्लाह १३ रनमा, जाकर अली १२ रनमा, तान्जिम हसन शाकिब ३ रनमा, रिसद होसेन १३ रनमा, तास्किन अहमद १२ रनमा र मुस्ताफिजुर रहमान ३ रनमा आउट भए ।

नेपालका लागि सोमपाल कामीले ३ ओभरमा १० रन खर्चिएर २ विकेट लिए। दीपेन्द्र सिंह ऐरीले २ विकेट लिन २२ रन खर्चिए। रोहित पौडेलले ४ ओभर बलिङ गरेर २ विकेट लिँदा २० रन खर्चिए भने चारै ओभर बलिङ गरेका सन्दीप लामिछानेले १७ रन खर्चिएर २ विकेट लिए ।

कुशल भूर्तेलले ४ ओभर बलिङ गर्दा २२ रन खर्चिएर विकेटविहीन रहे । एक ओभर बलिङ गरेका अभिनास बोहरा १० रन खर्चिए ।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update