NRN
काठमाडौँबाट ६ किलो सुन र ४८ लाख रूपैयाँ नगदसहित चिनियाँ नागरिक पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले काठमाडौँबाट ६ किलो सुन र ४८ लाख रूपैयाँ नगदसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

सिआइबीले गएराति काठमाडौंको कपनबाट चिनियाँ नागरिकलाई सुन र नगदसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चिनियाँ मूलका ३७ वर्षीय सेनाम गुरुङ छन् । काठमाडौँ महानगरपालिका–६ तिनचुलीस्थित गुरुङको घरबाट प्रहरीले ४८ लाख नगद पनि बरामद गरेको छ ।

 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update