NRN
टी-२० विश्वकप २०२४ को सुपर-८ अन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेले पराजित

टी-२० विश्वकप २०२४ को सुपर-८ अन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेले पराजित गरेको छ । वेस्ट इन्डिजको जारी विश्वकपमा पहिलो हार हो ।

सेन्ट लुसियास्थित डारेन सामी स्टेडियममा नेपाली समय अनुसार बिहान भएको खेलमा वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य इंग्ल्यान्डले २ विकेटको क्षतिमा १७.३ ओभरमा पूरा गरेको हो ।

ओपनर फिल साल्टले ८७ र जोनी बेयरस्टोले ४८ रन, बटलरले २५ र मोइन अलीले १३ रनको योगदान गरे ।

वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेशले एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४ विकेटको क्षतिमा १८० रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ३८, किकोलस पुरन र रोभम्यान पावेलले ३६/३६ रन बनाए भने ब्रेन्डन किङ २३ रनमा रिटार्यड हर्ट भए । यस्तै, शेरफेन रदरफोर्ड २८ र रोमारियो शेफर्ड ५ रनमा अविजित रहे ।

इंग्ल्यान्डका जोफ्रा आर्चर, अदिल राशिद, मोइन अली र लियाम लिभिङस्टोनले एक/एक विकेट लिए ।

समूह चरणमा सबै चार खेलमा अपराजित हुँदै सुपर-८ मा आइपुगेको थियो ।

इंग्ल्यान्ड र वेस्ट इन्डिज सुपर-८ को समूहर २ मा छन् । यो समूहमा अरु दुई टोली अमेरिका र साउथ अफ्रिका  रहेका छन् ।

सुपर-८ चरणको समूह-२ मा रहेको इंग्ल्यान्ड दुई अंकसहित तालिकाको पहिलो स्थानमा छ । समान अंक जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update