नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला छ सय रूपैयाँ बढेको हो ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदी प्रतितोला १८ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ३५ रूपैयाँ बढेको हो ।
बुधबार चाँदी प्रतितोला १८ सय पाँच रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।