NRN
स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली

टी-ट्वान्टी विश्वकप क्रिकेटमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्केका छ । टिम दुई वटा समूह बनाएर नेपाल फर्किएको हो । 

एउटा समूह गएराति १ बजे र अर्को समूह आज बिहान १० बजे स्वदेश आइपुगेको हो । 

विश्वकपमा नेपालले तीन खेलमा हार बेहोरेको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण प्रभावित हुँदा दुवै टोलीले अङ्क बाँडेका थिए । नेपाल आफ्नो  इतिहासमै दोस्रो पटक टी २० विश्वकपमा सहभागी बनेको थियो ।

यस विश्वकपबाट विशेष अनुभव बटुलेको नेपाली टोली अब आईसीसी लिग–२ अन्तर्गतका सिरिजमा केन्द्रित हुने छ । लिग–२ मा नेपालको अर्को सिरिज सेप्टेम्बर हुँदैछ । 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update