NRN
नेपालीको मन जित्दै ‘ब्याट्री स्वापिङ्ग प्रविधि’

करिब १० वर्षअघि एसियाली मुलुक ताइवानमा ब्याट्री स्वापिङ्ग प्रविधिको विकास भएको हो । यो प्रविधिले छोटो समयमै आफ्नो पहिचान बनाउन सफल हुँदैगरेको देखिन्छ । आज विश्वका धेरैजसो मुलुकमा यो प्रविधिमा आधारित दुईपांग्रे सवारी साधन चल्तीमा छन् । यसको प्रयोगले बढ्दो वातावरणीय प्रदुषणलाई नियन्त्रण त गर्छ नै साथै इन्धनको खर्चबाट पनि जोगाउँछ ।यो प्रविधि वातावरणमैत्री भएकोले पनि विश्वका वातावरणविद्हरुले यसलाई एउटा सक्षम प्रविधिको संज्ञा समेत दिएका छन् ।

ब्याट्री स्वापिङ्गलाई यसरी बुझौं

जसरी रिचार्जेवल ब्याट्रीको चार्ज सकिएपछि पुनः चार्ज गर्छौं त्यसैगरी इलेक्ट्रीक बाइक, स्कुटर वा चारपांग्रे सवारी साधानको ब्याट्रीको चार्ज सकिएपछि विभिन्न स्थानमा राखिएका स्वापिङ्ग स्टेशनबाट चार्ज भैराखेको अर्को ब्याट्री तुरुन्तै झिकेर परिवर्तन गर्न सकिन्छ । जसले गर्दा आफ्नो समयको बचत र अनावश्यक झन्झटबाट छुट्कारा पाइन्छ र गन्तब्यमा पुग्न सहज हुन्छ । अझ भनौं, चार्ज भैराखेको ब्याट्री झिकेर चार्ज सकिएको ब्याट्रीलाई उक्त स्थानमा पुनः चार्ज गर्न राख्नु नै ब्याट्री स्वापिङ्ग (ब्याट्री परिवर्तन) को प्रकृया हो ।यो प्रविधिले नेपालमा पनि प्रविधिको क्षेत्रमा एउटा ठूलै खुड्किलो पार गर्ने देखिन्छ । २१औं शताब्दिको आजको विश्व र व्यस्त दिनचर्याका कारण हामी सबै व्यस्त रहेका हुन्छौं, समय अनुसार प्रविधिमा आधारित भएर चल्नलाई यस किसिमका सेवाहरुले आम जनमानसलाई सहयोग पु¥याइरहेको हुन्छ । ब्याट्री स्वापिङ्ग प्रविधि प्रयोग गरेर सवारी साधन प्रयोग गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको अवस्थामा नेपालमा पनि यस किसिमको प्रविधि भित्रनुलाई महत्वपूर्ण उपलब्धि मान्न सकिने कुरामा दुईमत नहोला र प्रयोगकर्ताहरुको रोजाईमा समेत पर्न सफल हुँदैछ “ब्याट्री स्वापिङ्ग प्रविधि” ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update