NRN
अमेरिकी डलरको मूल्य हालसम्मकै महँगो, अन्य मुद्राको कति ?

नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको अनुसार आज अमेरिकी डलरको मूल्य बढ्ने क्रममा रहेको छ । शुक्रबार डलर हालसम्मकै महँगो भएको छ ।

राष्ट्र बैंक अनुसार शुक्रबारको अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ५५ पैसा र बिक्रीदर १३४ रूपैयाँ १५ पैसा तोकिएको छ । पछिल्लो रेकर्डभन्दा यो मूल्य १४ पैसा बढी हो । यो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ १२ पैसा र बिक्रीमा ८९ रूपैयाँ ५२ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ४१ पैसा र बिक्रीमा ९७ रूपैयाँ ८५ पैसा पाइन्छ ।

त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रूपैयाँ ४७ पैसा र बिक्रीदर १७० रूपैयाँ २४ पैसा तोकिएको छ भने शुक्रबार युरोपियन युरो एकको खरिदमा भने १४३ रूपैयाँ २८ पैसा र बिक्रीमा १४३ रूपैयाँ ९२ पैसा पाइन्छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३६ रूपैयाँ ६० पैसा र बिक्रीदर ३६ रूपैयाँ ७६ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७९ पैसा पाइन्छ । 

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५२ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ३५ पैसा र बिक्रीमा २८ रूपैयाँ ४८ पैसा पाइन्छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ २९ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ८८ पैसा तोकिएको छ भने शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३५ रूपैयाँ ५६ पैसा र बिक्रीमा ४३७ रूपैयाँ ५१ पैसा पाइन्छ । 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update