NRN
चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज नेपाल आउँदै

चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै छन् । 

मंगलबारदेखि काठमाडौँमा हुने नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा सहभागी हुन वेइडोङ नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

बैठकको लागि चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ र नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले नेतृत्व गर्दैछन् ।

बैठकमा नेपालमा चिनियाँ लगानीका परियोजनाहरूलाई शीघ्र सम्पन्न र दुई देशबिचको आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा दुई देशबिच भएका द्विपक्षीय सम्झौताबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

नेपालले व्यापार, लगानी र पर्यटन प्रवर्द्धन, कनेक्टिभिटी विस्तार, कृषि, शिक्षा, चिनियाँ सहयोगलगायतको विषयलाई समेटेर एजेन्डा तय गरेको जनाइएको छ । 

त्यसक्रममा चिनिया उपविदेशमन्त्री सुनले तीन दिने नेपाल भ्रमण सकेर १२ गते स्वदेश फकिनु अघि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्तासमेत गर्ने कार्यक्रम छ । 

संयन्त्रको १५औँ बैठक गत वर्ष बेइजिङमा सम्पन्न भएको थियो । 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update