NRN
बढ्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य , तोला कति ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य बढेको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार तीन सय रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आइतबारको तुलनामा यसदिन प्रतितोला तीन सय रूपैयाँ बढेको हो ।

त्यसैगरी, आइतबार प्रतितोला १८ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १८ सय २० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update