NRN
अविरल वर्षापछिको मेलम्चीमा बाढीले बगायो अस्थायी पुल

अविरल वर्षापछिको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । आइतबार रातिदेखिको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-११ स्थित फट्टेमा अस्थायी पुल बगाएको हो ।

विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज भएको छ ।

ह्युम पाइप क्षति भएसँगै मेलम्ची-९ दुवाचौर , केउरानी , बरुवा, बाँसखर्कलगायतमा यातायात सञ्चालनमा कठिनाइ भएको छ । पुल बगाएपछि ती ठाउँहरूमा जान थप १५ किलोमिटर घुम्नुपर्ने अवस्था रहेको वडा कार्यालयले जनाएको छ । 

सिन्धुपाल्चोकमा पछिल्लो १२ घन्टामा धेरै भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सिन्धुपाल्चोकको ढुंगेमा पछिल्लो १२ घन्टा १५९ मिलिमिटर पानी परेको छ ।

तार्के घ्याङमा ३३.२ मिलिमिटर, भोटाङमा ३५ मिलिमिटर, धापमा ३० मिलिमिटर, मेलम्चीमा ४७.२ मिलिमिटर र बाउनेपाटीमा ४० मिलिमिटर वर्षा मापन भएको छ ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update