बजेट पास गर्ने संसदको कार्यसूची, अनिवार्य उपस्थित भई बजेटको पक्षमा मतदान गर्न एमालेको ‘ह्वीप’
नेकपा एमालेले पार्टीका सांसद्हरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेटलाई निर्णयार्थ पेश गर्ने कार्यसूची रहेकोले बैठकमा अनिवार्य उपस्थिति भई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा बजेटलाई निर्णयार्थ पेस तयारी भएपछि सांसद्हरुलाई अनिवार्य बैठकमा उपस्थित हुन पनि एमालेले निर्देशन गरेको छ ।
यसअघि नेकपा माओवादी केन्द्रले पनि बजेटको पक्षमा मतदान गर्न सांसद्हरुलाई ह्वीप जारी गरेको थियो । नेपाली कांग्रेसले पनि पार्टी निकट सांसद्हरुलाई अनिवार्य रूपमा प्रतिनिधिसभा बैठकमा उपस्थित हुन निर्देशन दिएको छ ।
प्रतिनिधिसभाको बैठक आज ११ बजे बस्दैछ ।
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१ १०:५८
प्रतिक्रिया दिनुहोस्