NRN
अमेरिकी डलरको मूल्य घट्दा बढ्यो क्यानेडियन डलर र पाउण्ड, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ?

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको दर अनुसार मंगलबार अमेरिकी डलरको मूल्य घटेको छ भने क्यानेडियन डलर र पाउण्ड स्टर्लिङको मूल्य बढेको छ ।

सोमबार डलर एकको खरिददर १३३ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९६ पैसा कायम भएको अमेरिकी डलर आज एकको खरिददर १३३ रूपैयाँ २४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८४ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १२ पैसा घटेको हो ।

त्यस्तै, सोमबार पाउण्ड एकको खरिददर १६८ रूपैयाँ ६५ पैसा र बिक्रीमा १६९ रूपैयाँ ४१ पैसा तोकिएको पाउण्ड स्टर्लिङ आज एकको खरिदमा १६८ रूपैयाँ ७१ पैसा र बिक्रीमा १६९ रूपैयाँ ४७ पैसा पाइन्छ ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिददर आज ९७ रूपैयाँ ४० पैसा र बिक्रीदर ९७ रूपैयाँ ८४ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३ पैसा बढेको हो ।

आज युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ९५ पैसा र बिक्रीमा १४३ रूपैयाँ ५९ पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा भने ८८ रूपैयाँ ५४ पैसा र बिक्रीमा ८८ रूपैयाँ ९४ पैसा पाइन्छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५२ पैसा र बिक्रीमा ३५ रूपैयाँ ६८ पैसा तोकेको छ भने  कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७१ पैसा पाइन्छ ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४४ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ २८ पैसा र बिक्रीमा २८ रूपैयाँ ४१ पैसा पाइन्छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ०५ पैसा तोकिएको छ भने कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ४२ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ३७ पैसा पाइन्छ ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update