NRN
आज विहान झापामा चट्याङ लागेर दुई जनाको मृत्यु

झापामा आज विहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दका अनुसार कमल गाउँपालिका-२ समाइगढ बस्ने ४६ वर्षीय राजन खड्कालाई बिहान करिब ७ बजे चट्याङले लागेको हो ।

विहान घरबाट खेत जानेक्रममा चट्याङ लागेर घाइते भएका खड्कालाई आम्दा अस्पताल दमक पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

साथै गौरीगञ्ज गाउँपालिका-३ मा सीताराम दाहालको खेतमा काम गर्दै गर्दा विकास गरीलाई चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रवक्ता चन्दको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update