घट्यो बुधबार नेपाली बजारमा सुन–चाँदीको मूल्य, ताेलाकाे कति ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(बुधबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।मंगलबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला सात सय रूपैयाँ घटेको हो ।
महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँमा कारोबार भएको सुन आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, आज चाँदी प्रतितोला १७ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १८ सय १५ रूपैयाँमा कारोबार भएको थियो ।
मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला २५ रूपैयाँ घटेको हो ।
प्रकाशित मिति: बुधबार, असार १२, २०८१ ११:४९
प्रतिक्रिया दिनुहोस्