NRN
यस्ताे छ बुधबारकाे विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

 राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ २० पैसा र बिक्रीदर १३३ रूपैयाँ ८० पैसा कायम गरिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ५९ पैसा र बिक्रीमा ८८ रूपैयाँ ९९ पैसामा काराेबार भइरहेकाे छ ।

त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ४४ पैसा र बिक्रीमा ९७ रूपैयाँ ८८ पैसा पाइन्छ।

त्यसैगरी,  आज बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रूपैयाँ र बिक्रीदर १६९ रूपैयाँ ७७ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ७२ पैसा र बिक्रीमा १४३ रूपैयाँ ३७ पैसा पाइन्छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५० पैसा र बिक्रीदर ३५ रूपैयाँ ६६ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७० पैसा पाइन्छ ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४३ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रूपैयाँ ३१ पैसा र बिक्रीमा २८ रूपैयाँ ४४ पैसा पाइन्छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ३५ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ९४ पैसा तोकिएको छ भने बुधबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ४४ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ४० पैसा पाइन्छ ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update