NRN
भारतको लोकसभाको सभामुख पदमा ओम बिरला निर्वाचित

भारतको लोकसभाको सभामुख पदमा ओम बिरला निर्वाचित भएका छन् । बुधबार प्रोटेम सभामुख भर्त्रीहरि महताबले बिरला निर्वाचित भएको घोषणा गरेका हुन् ।

उनी लगातार दोस्रो पटक लोक सभा सभामुख चुनिएका हुन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनको नाम पेस गरेका थिए, जसमा अमित शाह, नितिन गडकरी र राजनाथ सिंहले समर्थन गरे ।

 

 

 

इण्डिया गठबन्धनले कांग्रेसका कोडिकुन्निल सुरेशलाई उम्मेदवार बनाएको थियो ।

सरकारको नेतृत्व गरेको भारतीय जनता दल (भाजपा)सँगै एनडीए घटक दलका नेताहरूले पनि समर्थन गरेपछि ध्वनी मतबाट उनी सभामुख चुनिए ।

 

कांग्रेससहितका विपक्षी दलहरू भने उनको विपक्षमा उभिएका थिए ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update