NRN
पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध

पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।

बुधबार दिउँसो १ बजेतिर इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित जलबिरेमा पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरोका कारण सडक दुईतर्फी नै सवारीसाधनहरू रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update