NRN
बढ्यो बिहीबार अमेरिकी डलरको मूल्य, कुन देशको कति?

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलरको मूल्य बढेको छ ।

बुधबार एकको खरिददर १३३ रूपैयाँ २० पैसा र बिक्रीदर १३३ रूपैयाँ ८० पैसा तोकिएको अमेरिकी डलर राष्ट्र बैंकका अनुसार आज एकको खरिददर १३३ रूपैयाँ ४२ पैसा र बिक्रीदर १३४ रूपैयाँ ०२ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको २२ पैसा बढेको हो ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ७६ पैसा र बिक्रीमा ८९ रूपैयाँ १६ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ४३ पैसा र बिक्रीमा ९७ रूपैयाँ ८६ पैसा पाइन्छ ।

त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ ६४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ४० पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ५१ पैसा र बिक्रीमा १४३ रूपैयाँ १५ पैसा पाइन्छ । 

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७२ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६० पैसा र बिक्रीमा ३६ रूपैयाँ ७६ पैसा पाइन्छ ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३२ र बिक्रीमा ३६ रूपैयाँ ४९ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रूपैयाँ ३१ पैसा र बिक्रीमा २८ रूपैयाँ ४४ पैसा पाइन्छ ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ५१ पैसा तोकिएको छ भने बिहीबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ८८ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ८३ पैसा पाइन्छ ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update