NRN
एसइईको नतिजा सार्वजनिक, एक लाख १५ हजार विद्यार्थीले मौका परीक्षा दिन पाउने

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । 

कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् ।

एक लाख १५ हजार ८३४ विद्यार्थीले मौका परीक्षा (कम्पार्ट) दिन पाउने भएका छन् ।

परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा ती विद्यार्थीहरूले स्तर वृद्धि परीक्षा दिने पाउने भएका हुन् । यससँगै मौका परीक्षाको मिति पनि तय गरिएको छ ।

जसमध्ये दुई विषयमा अनुत्तीर्ण भएका विद्यार्थीले साउन १८ र १९ गते हुने मौका परीक्षा दिन पाउनेछन् ।

जसमा ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ भने ६७ हजार ८०० विद्यार्थी दुई विषयमा एनजी आएको छ ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update