NRN
टी–२० विश्वकप : दोस्रो सेमिफाइनल खेल भारत र इंग्ल्याण्डबिच हुने

आइसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज राति हुँदैछ । नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुने खेलमा भारत र इंग्ल्याण्ड आमने सामने हुने छन् ।

आज राति हुने दोस्रो खेलको विजेताले उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्ने छ ।  

भारत यस प्रतियोगितामा अहिलेसम्म अपराजित छ र समूह चरणपछि सुपर एटमा पनि शीर्ष स्थानमा रहेर फाइनल खेल्दै छ । उता इंग्ल्याण्डले अमेरिकालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । 

टी–२० क्रिकेटमा यी दुई टोलीले २३ पटक भिडेका छन् जसमा भारतको अग्रता छ । भारतले १२ खेल जितेको छ भने इङ्ल्यान्डले ११ खेलमा जितको स्वाद चाखेको छ । टी–२० विश्वकपको इतिहासमा इङ्ल्यान्डले भारतसँग चार पटक सामना गरेको छ । दुवै टोलीले दुई–दुई खेल जितेका छन् ।

भारतः रोहित शर्मा (कप्तान), विराट कोहली, ऋषभ पन्त (विकेटकिपर), सूर्यकुमार यादव, शिवम दुबे, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, जसप्रित बुमराह र अर्शदीप सिंह ।

इंग्ल्याण्ड : फिल साल्ट, जोस बटलर (कप्तान र विकेटकिपर), जोनी बेयरस्टो, ह्यारी ब्रुक, मोइन अली, लियाम लिभिङस्टोन, साम कुरान, क्रिस जोर्डन, जोफ्रा आर्चर, आदिल राशिद, रीस टोपले ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update