NRN
जहाज चढिसकेपछि फर्काइए दुबई जान लागेका गायक राजेशपायल राई

फ्लाई दुबईको जहाजमार्फत दुबई जान लागेका गायक राजेशपायल राई जहाज चढिसकेपछि फर्काइएका छन् ।

आज बिहान दुबईमा सांगीतिक कार्यक्रमका लागि हिँडेका राईमाथि अत्यधिक मदिरा खाएर एयरलाइन्सका कर्मचारीसँग झगडा गरेको कारण राईलाई रोकिएको हो ।  

बोर्डिङ पास लिएर विमानभित्र प्रवेश गरेका राई पहिलै रक्सीले मातेको विमानस्थल स्रोतले बतायो । जहाजमा हो–हल्ला गर्न थालेपछि प्रहरीले उनलाई बाहिर निकालेको थियो ।

जहाज उनलाई नलिई अरु यात्रु लिएर उडिसकेको छ । राईलाई प्रहरीले ट्याक्सीमा हालेर घर पठाइदिएको छ ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update