सिन्धुपाल्चोकमा मध्यराति भूकम्पको धक्का महशुस
सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार राति १ः२८ बजे सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर ४.२ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
गएराति हेलम्बुमा गएको भूकम्पको धक्का धादिङ, तनहुँ, चितवन, मकवानपुर लगायतका छिमेकी जिल्लामा पनि महसुस गरिएको थियो।
२०७२ वैशाख १२ गते उत्तरी गोरखाको बारपाक केन्द्र गरी गएको भूकम्पले सिन्धुपाल्चोकमा ठूलो धनजनको क्षति भएको थियो । २०७२ वैशाख २९ गते सिन्धुपाल्चोक नै केन्द्रविन्दु गरी अर्को भूकम्प गएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१ ११:३१
प्रतिक्रिया दिनुहोस्