नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार एक सय रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा यस दिन प्रतितोला एक हजार रूपैयाँ बढेको हो ।
त्यसैगरी, बिहीबार प्रतितोला १७ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १७ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।