NRN
भारतका कप्तान रोहित र ओपनर विराटले‍ लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

भारतका कप्तान रोहित शर्मा र ओपनर विराट कोहलीले‍ टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शनिबार राति टी-२० विश्वकपको उपाधि जितेसँगै रोहितले टी-२० फर्म्याटका अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

शनिबार दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले १७ वर्ष यताको उपाधि खडेरी तोड्दै टी-२० विश्वकपमा दोस्रो उपाधि जितेको थियो।

बार्बाडोसमा पोस्ट म्याच प्रेस कन्फरेन्समा कप्तान शर्मा र म्यान अफ द म्याच घोषित हुँदै गर्दा कोहलीले सन्यासको घोषणा गरेका हुन् । दुवैले सन्यासका लागि यो भन्दा उत्तम समय नभएको बताएका थिए । 

रोहित शर्मा जारी विश्वकपमा सबैभन्दा बढी रन बनाउने खेलाडीको दोस्रो नम्बरमा परे । उनले ८ खेलबाट २५७ रन बनाएका छन् ।

रोहित शर्माको नाममा टी-२० आईमा सबैभन्दा बढी रन बनाउने खेलाडीको कीर्तिमान पनि छ । उनले १५९ वटा खेलबाट ४ हजार २३१ रन बनाएका छन् ।

 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update